Below Menu
Below Menu

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्यो: एमाले

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको कार्यसूची तय

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्यो: एमाले

काठमाडौं : नेकपा (एमाले) ले सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ । लतिलपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले सकारात्मक रहेको मुलुकलाई सही दिशामा ल्याउन सफल भएको जनाएको छ । 

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी दिँदै सरकारले जनतालाई अझ विश्वास जगाउने काममा गति ल्याउनुपर्ने बताए । बैठकले यही वैशाख ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको कार्यसूचीसमेत तय गरेको छ । परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुनेछ । परिषद्को बैठकमा दुई हजार एक सय ५३ महाधिवेशन प्रतिनिधिसहित करिब दुई हजार पाँच जना सहभागी हुने उपमहासचिव ज्ञवालीले बताए । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्ले आआफ्नो प्रतिवेदन पेश गर्ने छन् । बैठकमा आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउनेबारेमा छलफल हुने उपमहासचिव ज्ञवालीले बताउनुभयो । 

यस्तै बैठकले नेकपाको ७५औँ स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थापना दिवसको दिन वृत्तचित्र, झुलाघाट चिवाभञ्जाङ पदयात्रा तथा साङ्गतिक कार्यक्रम गर्ने उहाँले बताउनुभयो । स्थापना दिवसको दिन प्रमुख राजनीतिक दलका नेतालाई सम्बोधन गर्ने र पार्टीमा योगदान गर्नेलाई विशेष सम्मान गर्ने उनले बताए । 

उनले कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्षमा मुलुकलाई समुन्नत, समृद्ध र विश्वको अन्य देशको हाराहारी मुलुकलाई पुर्याउने सङ्कल्प पार्टीले लिएको बताए । उपमहासचिव ज्ञवालीले केन्द्र सरकारमा जुन जुन राजनीतिक दलबीच सहकार्य भएको छ, प्रदेश तहमा पनि त्यही राजनीतिक दलबीच सहकार्य हुने जनाउँदै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धन दलबीच नै सहकार्य हुने जानकारी दिए।

Advertisment

थप समाचार