Below Menu
Below Menu

आरएसडिसी लघुवित्तले कमायो नौ महिनामा ११ करोड बढी नाफा, इपीएस कति ? 

आरएसडिसी लघुवित्तले कमायो नौ महिनामा ११ करोड बढी नाफा, इपीएस कति ? 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चैत मसान्तसम्मको विवरण अनुसार संस्थाले यस अवधिमा ११ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधकिो तुलनामा ३०.३४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो। 

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो । चैत मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी १३.४८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४८.०३ प्रतिशतले घटेको छ । 

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३०.३० प्रतिशत बढेको छ । यस अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

गत आवको चैत मसान्तसम्ममा ७ करोड ३७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज यस अवधिमा आइपुग्दा ५५ लाख रुपैयाँ रिभर्स भएको छ । यसका कारण नाफा बढ्न पुगेको हो । 

नाफा बढेसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रति शेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा रहेको छ । गत वर्ष संस्थाको यस्तो आम्दानी १३ रुपैयाँ १९ पैसा रहेको थियो ।

त्यस्तै यस अवधिमा संस्थाको मूल्य आम्दानी अनुपात ३८.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपेयाँ ६९ पैसा रहेको छ ।
 

Advertisment

थप समाचार