Below Menu
Below Menu

कुमारी बैंकको साढे चार लाख कित्ता शेयर बिक्रीमा 

कुमारी बैंकको साढे चार लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंक लिमिटेडले साढे चार लाख कित्ता शेयरर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको ४ लाख ५० हजार कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरुले समेत खरिद गर्न पाउने गरी बिक्री ल्याएको हो । 

उक्त शेयरको न्युनतम प्रतिकित्ता मूल्य १०६ रुपैयाँ तोकिएको छ । इच्छ्क आवेदकले सो वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ भने  बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरको लागि आवेदन दिन सकिनेछ।

बैंकको शेयर खरिद गर्न अन्य व्यक्ति वा संघ संस्था वा कम्पनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैशाख ११ गतेसम्म बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौंमा दिनुपर्नेछ । 

Advertisment