काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले १ः१ को अनुपात अर्थात शतप्रशित हकप्रद शेयरमा निष्काशन तथा बिक्री खुला गरेकोमा शेयरधनीहरुबाट आवेदन नपरेपछि शेयर लिलाम बिक्री गर्न लागेको हो।
कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। उक्त शेयरमा बैशाख १० गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो वा सो mभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्रमा बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।
Advertisment