Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको दोस्रोे कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा माछापुच्छ्र्रे बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतितश भन्दा बढीले बढेको हो । आज गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

Advertisment

थप समाचार