Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी (साविकको महालक्ष्मी लाइफ) इन्स्योरेन्सले ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट बैशाख २ गते स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ५५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार महालक्ष्मी सावधिक जीवन बीमालेख योजनामा प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म रहेको छ भने भने महालक्ष्मी सरल जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ५५ रुपैयाँसम्म बोनस दिने भएको छ । 

त्यस्तै महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म र महालक्ष्मी बाल बचत बीमा योजनामा न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँ र  महालक्ष्मी धनधान्य योजनामा न्युनतम प्रतिहजार ४५ रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँ बोनस दिने भएको छ । 

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार