Below Menu
Below Menu

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले हुने आउने ६० करोड ८६ लाख ४३ हजार ३२८ रुपैयाँ बराबरको बोनस शेयर । कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले हुन आउने ३ करोड २० लाख ३३ हजार ८५९ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । । 

हाल कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ रहेको छ , प्रस्तावित बोानस शेयरपछि कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ पुग्ने छ । 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई विरतण गरिनेछ । 

Advertisment

थप समाचार