Below Menu
Below Menu

इम्पेरमेन्ट चार्ज बढ्दा ज्योति विकास बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

इम्पेरमेन्ट चार्ज बढ्दा ज्योति विकास बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधमिा १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.४० प्रतिशतले कम हो । गत वर्षको चैत मसान्तसम्म बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा बैंकको ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेको छ । 

यस अवधिमा बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको। खराब कर्जा बढेका कारण बैंककको इम्पेरमेन्ट चार्ज ७१ करोडबाट बढेर ८३ करोड पुगेको छ । 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । चैत मसान्तसम्म बैंकको यस्तो आम्दानी १.५९ रुपैयाँ घटेर ४.६२ रुपैयाँमा झरेको छ । यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चैत मसान्तसम्ममा बैंकले ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ । 
 

Advertisment

थप समाचार