Below Menu
Below Menu

अमेरिकी डलरको सटहीमा नयाँ रेकर्ड

अमेरिकी डलरको सटहीमा नयाँ रेकर्ड

काठमाडौं : नेपाली बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरअनुसार बुधबारका लागि अमेरिकी डलर १ को खरिद १३३ रुपैयाँ ३६ पैसा तथा बिक्री १३३ रुपैयाँ ९६ पैसा तोकिएको छ।

डलरको उक्त सटही दर अहिलेसम्मकै उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

उक्त विनिमय दर मंगलबारको तुलनामा बढेको हो। मंगलबार डलर खरिद १३३ रुपैयाँ २३ पैसा तथा बिक्री १३३ रुपैयाँ ८३ पैसा रहेको थियो।

Advertisment

थप समाचार