Below Menu

नेपाल फाइनान्सको वितरणयोग्य नाफा २२ करोड ऋणात्मक, खराब कर्जा ९.२४ प्रतिशत

वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ ऋणात्मक

नेपाल फाइनान्सको वितरणयोग्य नाफा २२ करोड  ऋणात्मक, खराब कर्जा ९.२४ प्रतिशत

काठमाडौं : नेपाल फाइनान्स लिमिटेडको खुद नाफा ८७.२५ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको १ करोड ३ लाख रुपैयाँ कमाएको थियो । यो नाफा गत वर्षको तुलमामा ८७.२५ प्रतिशतले कम हो ।

खुद ब्याज आम्दानी गत वर्षको तुलनामा १३.२८ प्रतिशतले वृद्धि हुँदै ७ करोड ५९ लाख रुपैयाँ पुगेपनि इम्पेयरमेन्ट चार्ज बढेपछि खुद नाफा प्रभावित भएको हो ।

चैत मसान्तसम्ममा इम्पेयरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँ छ ।  खराब कर्जा दर १३.१६ प्रतिशत विन्दुबाट घटेर ९.२४ प्रतिशतमा झरेको छ ।

कम्पनीको चुक्ता पुँजी ७२ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको र जगेडा कोषमा ४२ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसको इपीएस १.८९ रुपैयाँबाट घटेर ०.२४ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ भने १३४.८३ रुपैयाँ छ ।

थप समाचार