Below Menu
Below Menu

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न 

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न 

काठमाडौं : एनएमबि बैंकले बुधवारकोबैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
 
एनएमबि बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक श्री जीवन कुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, किर्तिपुर महानगरपालिका प्रतिनिधिहररु, बैंकका कर्मचारी लगायत सर्वसाधारणहरु गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री श्री शैलेन्द्र मान बज्रचार्यको उपस्तथिति थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५ लाखको सहयोगका साथै किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो । 

बैंकले प्रदेश नं. १ मा इटहरी चोक देखी रामधुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखा देखी राम मन्दिर, चितवनमा भरतपुर शाखा देखी गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखा देखी तालबाराही मन्दिर सम्म, लुम्बिनी प्रदेशमा गोल पार्क देखी सिद्धबाबा मन्दिर सम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर सम्म, महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म र धनगढी शाखा देखी कृष्ण मन्दिर सम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । 
 

Advertisment