काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार बैंक १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ७.२७ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको नाफा घटे पनि खुद ब्याज आम्दानी, संचालन नाफा भने बढेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.३२ प्रतिशत बढेर ८ अर्ब ४३ करोड ९६ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
यस्तै, बैंकको संचालन नाफा भने ३१.३८ प्रतिशत वृद्धि भई ३ अर्ब ५७ करोड २७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ४० करोड २९ लाख रुपैयाँ कायम पुगेको छ।
२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८६ करोड २७ लाख रुपैयाँ छ । तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६ पैसा कायम भएको छ ।
समिक्षा अवधिमा बैंकले २ खर्ब ७८ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब २९ अर्ब ९० करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकसँग ४.८१ प्रतिशत खराब कर्जा छ।
Advertisment