Below Menu
Below Menu

८.७६ प्रतिशतले घट्यो नबिल बैंकको नाफा

८.७६ प्रतिशतले घट्यो नबिल बैंकको नाफा

काठमाडौं : नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार बैंकको नाफा ८.७६ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ८.७६ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ३.७२ प्रतिशत बढेर १२ अर्ब ५५ करोड १३ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । बैंकको संचालन नाफा १०.७२ प्रतिशत घटेर ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।

तेस्रो त्रैमाससम्ममा आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा कायम भएको छ। बैंकको खराब कर्जा १.२७ प्रतिशत रहेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड ६ लाख रुपैयाँ छ । बैंकको निक्षेप संकलन १०.९८ प्रतिशत बढेर ४ खर्ब ४० अर्ब ४३ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै कर्जा लगानी ११.३७ प्रतिशत बढेर ३ खर्ब ६८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ कायम भएको विवरणमा उल्लेख छ ।

Advertisment