Below Menu
Below Menu

माछापुच्छ्रे बैंकको अधिकांश सूचकको ओरालो यात्रा, वितरणयोग्य नाफा ३० करोड ५६ लाख ऋणात्मक

माछापुच्छ्रे बैंकको अधिकांश सूचकको ओरालो यात्रा, वितरणयोग्य नाफा ३० करोड ५६ लाख ऋणात्मक

काठमाडौं : माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको प्रमुख सूचकहरु घटेका छन् । 
समिक्षा अवधिमा बैंकको खुद नाफा ३६.७३ प्रतिशतले घटेर ८५ करोड ५४ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएको छ । त्यस्तै खराब कर्जा बढेर ३.६८ प्रतिशत पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी ६.९१ प्रतिशतले घटेर ३ अर्ब ८४ करोड रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ३०.७५ प्रतिशतले घटेर १ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७६ पैसाले घटेर ९ रुपैयाँ ८१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १४५.५ रुपैयाँ छ।

Advertisment