काठमाडौं : एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२.३१ प्रतिशतले कमी हो । गत वर्ष बैंकको खुद नाफा ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ थियो ।
त्यस्तै बैंकको खुद ब्याज आम्दानी पनि ९.९५ घटेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब १८ करोड रुपैयाँमा कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि हुँदा सञ्चालन नाफा ३७.३१ प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६२ करोड रुपैयाँ मात्रै कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज २३ करोडबाट बढेर २ अर्ब १४ करो पुगेको छ ।
यता बैंकको खराब कर्जा दर ०.७४ प्रतिशत विन्दुबाट बढेर १.७६ प्रतिशत पुगेको छ ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ४५ करोड रुपैयाँ छ । खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २९.४७ रुपैयाँले घटेर १७.२९ रुपैयाँमा आएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने २०५.४७ रुपैयाँ छ।
Advertisment