Below Menu
Below Menu

प्राइम कमर्सियल बैंकको नाफा झण्डै ३ अर्ब, प्रतिसेयर आम्दानी पनि बढ्यो

प्राइम कमर्सियल बैंकको नाफा झण्डै ३ अर्ब, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं : प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकले २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ खुद आम्दानी गरेको गरेको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनाले १६ दशमलव ६५ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५.६९५ ले बढेर ५ अर्ब ७८ करोड ३८ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ४७ करोड रुपैयाँ थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज १०.३८प्रतिशत ले घटेर ८९ करोड ५० लाख रुपैयाँमा आएको छ । सोही कारण खुद नाफामा सुधार आएको हो । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ३.०६ प्रतिशत बाट बढेर ४.२९ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा १० अर्ब रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिसेयर आम्दानी पनि २.८२ रुपैयाँले बढेर १९.७८ रुपैयाँ पुगेको छ। 

Advertisment