Below Menu
Below Menu

नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंककाे प्रतिशेयर आम्दानी 

नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंककाे प्रतिशेयर आम्दानी 

काठमाडौं : मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्ृकत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैैंकल यस अवधिमा आइपुग्दा ८७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.१३ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेका कारण नाफा बढेको हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३.३४ प्रतिशतले बढेर ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको सञ्चालन नाफा पनि ९.४७ प्रतिशतले बढेर १ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ करोड २ लाख ८६ हजार रुपैयाँ छ भने खराब कर्जा २.०२ प्रतिशत रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १.२५ रुपैयाँले बढेर १६.५ रुपैयाँ रहेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १५.२५ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ भने १४३ रुपैयाँ ४८ पैसा रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा भने ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

Advertisment