काठमाडौं : ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिमा आइपुग्दा ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको हो । यसका साथै कुल सञ्चालन नाफा घटेका कारण नाफा घटेको हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर एक अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको सञ्चालन नाफा पनि ६.०३ प्रतिशतले घटेर १० अर्ब ३ट करोड रुपैयाँ कायम भएको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने खराब कर्जा बढेर ४.७४ प्रतिशत पुगेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।
चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ४.२८ रुपैयाँले घटेर १२.२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ९२ पैसा रहेको छ ।
Advertisment