काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत ३० अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ३० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले दशअर्ब रुपैयाँ बराबरको २८ दिने, दश अर्ब ४९ करोड रुपैयाँ बराबरको ९१ दिने, ६ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ४ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । जसमा २८ दिन र ९१ दिनका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी जेठ ८ गते, ९१ दिन अवधिको ट्रेजरी साउन ८ गते, १८२ दिन अवधिको ट्रेजरी कात्तिक ६ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ बैशाख ९ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि कार्यालयले बैशाख २ गते ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने, ५ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ७ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गरेको थियो ।
Advertisment