Below Menu
Below Menu

गरिमा विकास बैंकको नाफा ६८ करोडमाथि, प्रतिशेयर आम्दानी कति ? 

गरिमा विकास बैंकको नाफा ६८ करोडमाथि, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.५८ प्रतिशतले बढी हो । गत वर्षमा बैंकले ६५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेका कारण बैंकको नाफा बढेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.५७ प्रतिशतले बढेर घटेर २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै सञ्चालन नाफा पनि ४.८९ प्रतिशतले बढेर ९७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने ७१ करोडबाट बढेर ७२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । 

गत वर्ष २.९५ प्रतिशत रहेको बैैंको खराब कर्जा ०.०२ प्रतिशतले बढेर २.९७ प्रतिशत पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि ७४ पैसाले बढेर १६ रुपैयाँ ०४ पैसा कायम भएको भने प्रतिसेयर नेटवर्थ १४८.५ रुपैयाँ रहेको छ ।
 

Advertisment