Below Menu
Below Menu

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१९ प्रतिशतले बढ्यो 

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१९ प्रतिशतले बढ्यो 

काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । एक्त विवरण अनुसार बैंकले यस अवधिमा २ करोड ८८ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ६६.१९ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले एक करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको  खुद ब्याज आम्दानी घटे पनि खुद नाफामा उल्लेख्य सुधार भएको छ । 

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १८.४६ प्रतिशतले घटेर ८ करोड ३१ लाख ५ हजार रुपैयाँमा झरेको छ । बैंकले २ करोड १२ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज रिभर्सल गरेका कारण पनि खुद नाफामा सुधार भएको हो । 

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको यस्तो आम्दानी २.२८ रुपैयाँले बढेर ५.७३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ भने १०५.७५ रुपैयाँ रहेको छ ।

हाल कर्णालीको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ । रिजर्भ कोष भने २२.०१ प्रतिशतले घटेर ५ करोड ३५ लाख ८० हजार रुपैयाँमा आएको छ ।

Advertisment