Below Menu
Below Menu

बजारमा बढ्यो नगद परिचालन, घट्यो सरकारी कोष

बजारमा बढ्यो नगद परिचालन, घट्यो सरकारी कोष

काठमाडौं : एक महिनामा सरकारी खातामा करिब साढे एक खर्ब रुपैयाँ नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत उक्त रकम एक खर्ब ४२ अर्ब २५ करोड रुपैयाँले घटेको हो । 

गत फागुनमा सरकारी खातामा १ खर्ब ५२ अर्ब रुपैयाँ नगद मौज्दात रहेको थियो । चैतमा उक्त निक्षेप घटेर ९ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।

उक्त रकम गत फागुन महिनाको तुलनामा ९३.५८ प्रतिशतले घटेको हो । गत सार मसान्तसम्म ६० अर्ब रुपैयाँ रहेको यस्तो मौज्दात चालु आवको चैत मसान्तसम्म आइपुग्दा ५० अर्ब २५ करोड अर्ब रुपैयाँले घटेको छ । 

यस अवधिमा सरकारी ढुकुटीमा २ खर्ब ८६ अर्ब बढी निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल २ खर्ब ८६ अर्ब ५२ करोड ३५ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । 

२०८० असारसम्म यस्तो निक्षेप जम्मा ४५ अर्ब ८ करोड ९४ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम चैत मसान्तसम्म आइपुग्दा दुई खर्ब ४१ अर्ब ४३ करोड रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात भने घटेर ५ अर्ब रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ बराबर रहेको सरकारी सरप्लस चैत मसान्तसम्मा २० अर्ब रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वित्तीय बजारमा ५ खर्ब ५८ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढी नगद प्रवाह बढेको छ । यस अवधिमा नगद प्रवाह ६ खर्ब ६९ अर्ब ९४ करोड ८७ लाख ९१ हजार १५६ रुपैयाँ पुगेको हो । गत असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । 

त्यसैगरी राष्ट्रिय ढुकुटीमा नेपालको सम्पत्ति तीन खर्ब ९ अर्ब ४४ करोड ९४ लाख रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार महिनासम्ममा १५ खर्ब ८८ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रहेको यस्तो सम्पति चैत महिनासम्ममा आइपुग्दा बढेर १८ खर्ब ९७ अर्ब ५७ करोड ५१ लाख पुगेको छ ।

 

Advertisment