काठमाडौं : सिद्धार्थ बैंकले ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको कूल ५ लाख १० हजार ३०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौं स्थित कम्पनी सचिव कार्यालयमा आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्थालाई बिक्रीमा ल्याउने बैंकले जनाएको छ ।
Advertisment