Below Menu
Below Menu

सपोर्ट लघुवित्तको नाफा ९४.९१ प्रतिशतले बढ्यो, नौं महिनामा कमायो एक करोड २३ लाख 

सपोर्ट लघुवित्तको नाफा ९४.९१ प्रतिशतले बढ्यो, नौं महिनामा कमायो एक करोड २३ लाख 

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा एक करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ९४.९१ प्रतिशतले धेरै हो। गत आवको सोही अवधिसम्ममा लघुवित्तले ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

चैत मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ८.७८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ८९.३५ प्रतिशत बढेको छ। 

त्यस्तैं यस अवधमिा कम्पनीको कुल सञ्चालन आम्दानी २४.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२०.९३ प्रतिशत बढेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ।

चैत मसान्तसम्म संस्थाको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा पुगेको छ। त्यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ४० पैसा रहेको छ।


 

Advertisment