काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १५.४१ अंकले घटेर १९६९.०२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा दुई अर्ब ५३ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा पोखरा फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज माई खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment