Below Menu
Below Menu

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष मोरले लिए शपथ 

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष मोरले लिए शपथ 

काठमाडौं :  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष मोरले बुधबार नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । 

मोर कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका थिए । यसका साथै चैत १९ गतेको सम्पन्न भएको कम्पनीको संचालक समितिको बैठकले संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थित रहनु भएको थियो । 


 

Advertisment

थप समाचार