Below Menu
Below Menu

३३ प्रतिशतले बढ्यो सुर्यज्योति लाईफको नाफा, कस्ता छन् अन्य सूचक?

३३ प्रतिशतले बढ्यो सुर्यज्योति लाईफको नाफा, कस्ता छन् अन्य सूचक?

काठमाडौं : सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको नाफामा ३३.८९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा थियो ।

यस अवधिमा कम्पनीले ६ अर्ब ३७ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३८.७० प्रतिशतले बढि हो । त्यस्तै कर्जा तथा लगानीबाट हुने आम्दानी बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ जसका कारण कम्पनीको खुद मुनाफामा बृद्धि आएको हो ।

४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर १० रुपैयाँ ४१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) गरी कुल ३५ प्रतिशत वितरण गरेको थियो ।

Advertisment