Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ०.१५ अंकले बढेर १९६९.१७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा दुई अर्ब ५३ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज पोखरा फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा मल्टीप्रपोस फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सबैको लघुवित्त व्त्तिीय संस्थाको शेयरमूल्यम ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

Advertisment

थप समाचार