काठमाडौं : नेपाल धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै ‘क’ वर्गका बैंकलाई वैशाख १३ गतेदेखि ५ दिन भित्र आफूले दिन सक्ने १ वर्षे ब्याजदरसहित आवेदन पेश गर्न आग्रह गरेको हो ।
बैंकहरुले वैशाख १७ गते कार्यालय समय भन्दा १ घन्टा अगाडि शिलबन्दी प्रस्ताव पेश गरिसक्नु पर्नेछ । बोर्डले ‘नेपाल धितोपत्र बोर्डको लगानी सम्बन्धी नीति २०६७’ अधिनमा रही १ वर्षका लागि मुद्दतिमा लगानी गर्न लागेको हो ।

Advertisment