काठमाडौं : नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक करोड १४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
उत आवको सोही अवधिको तुलनामा भने कम्पनीको खुद नोक्सानी घटेको हो । गत वर्ष कम्पनीले २ करोड २९ लाख रुपैयाँ नोक्साी व्यहोरेको थियो । यस अवधिमा कम्पनीले खर्चमा नियन्त्रण गरेका कारण नोक्सानी घटेको हो । यद्यपी हाइड्रोपावरले विद्युत बिक्री आम्दानी बढाउन नसकेको छैन ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी ०.०८ प्रतिशत मात्र बढेर २ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कुल नाफा ७५.३४ प्रतिशत बढेर एक करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी कम्पनीको सञ्चालन मुनाफा ४०४.८४ प्रतिशत बढेको छ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३३ पैसा रहेको छ। दुई अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ करोड ५० लाख रुपैयाँ सञ्चित छ।
Advertisment