Below Menu
Below Menu

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा १६७.१६ प्रतिशतले बढ्यो, इपीएस कति ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा १६७.१६ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १६७.१६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा संस्थाले ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधमिा लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै उल्लेख्य बढेको छ।

चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी पन िसामान्य बढेको छ । यसका साथै संस्थाको इम्पेरमेन्ट चार्ज र खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।यस लघुवित्तको खुद ब्याज आम्दानी ६.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.३९ प्रतिशत घटेको छ। 

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४.०५ प्रतिशत र सञ्चालन मुनाफा १८०.०३ प्रतिशत बढेको छ भने खराब कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ। समिक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ४८ करोड ५५ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ। 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। चैत मसान्तसम्म संस्थाको यस्तो आम्दानी ९.२१ रुपैयाँ बढेर १४.७२ रुपैयाँ रहेको छ। त्यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९.३४ रुपैयाँ रहेको छ।

Advertisment

थप समाचार