Below Menu
Below Menu

नेशनल लाइफसहित तीन कम्पनीको शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने 

नेशनल लाइफसहित तीन कम्पनीको शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने 

काठमाडौं : विभिन्न तीन कम्पनीहरूले एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले एक लाख एक हजार ४४५ कित्ता शेयर विद्यमान संस्थापक शेयर धनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन सक्नेगरी शेयर बिक्रीमा ल्याएका हुन् । 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेमेन्टको स्वमित्वमा रहेको ३५ हजार कित्ता शेयर विद्यमान शेयरधनी र अन्य व्यीक्र तथा संस्थाले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । बैंकको शेयरमूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । 

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको १५ हजार ९४५ कित्ता र  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले  प्रुडेन्सियल क्यापिटल म्यानेमेन्ट र श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको ५० हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

नेशनल लाइफ इन्योरेन्सको शेयरमूल्य प्रतिकित्ता २२५ रुपैयाँ र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता, नेशलन लाइफ इन्स्योरेन्सको शेयर खरिदका लागि न्यूनतम २ हजार कित्ता र ग्रामीण विकास लघुवित्तको शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इन्छुक शेयर खरिद कर्ताले विक्री प्रबन्धकको कार्यालय थापाथली, काठमाडौंमा बैशाख २१ गते कार्यालय समयभित्र आवेदन पेश गरिसक्नु पर्नेछ । 

Advertisment

थप समाचार