Below Menu
Below Menu

प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्छौः सभापति सिंह 

प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्छौः सभापति सिंह 

काठमाडौं : ऊर्जा व्यवसायी तथा सरोकारवालाहरुले ‘विद्युत् विद्येयक, २०८०’ लाई निजी क्षेत्र र लगानीमैत्री बनाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बिहीबार भएको ऊर्जा सम्बन्धी नीति सम्बन्धी प्राविधिक शत्रमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । बुधबारदेखि सञ्चालन भएको एक्स्पो शुक्रबारसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले विद्युत् प्रसारण लाइनलाई व्यवसायीक रुपमा निर्माण तथा सञ्चालन गर्न निजी क्षेत्रलाई खुला गर्ने घोषणा गरे । संसद्मा विचाराधिन ‘विद्युत् विद्येयक, २०८०’ बाट यसलाई समाधान गर्ने उनको भनाइ छ ।

हाल विद्येयक पुर्वाधार विकास समितिमै छलफलको चरणमा छ । निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्न पाउने गरि विद्येयक संसोधन गर्ने उनको भनाइ छ ।

यसैगरि उनले नेपालका ड्याममा जम्मा हुने पानीबाट लाभ लिने छिमेकी मुलुकबाट पनि पैसा असुल गर्ने बताए । ‘हामीले यहाँ ड्याम बनाउँदा त्यसको फाइदा छिमेकी मुलुकहरुलाई पनि हुन्छ । हामीले आफ्नै देशका नागरिकलाई सिँचाई सुविधा दिदाँ त पैसा लिन्छौ,’ उनले भने, ‘छिमेकीलाई ड्याममा जम्मा हुने पानी निःशुल्क दिने भन्ने कुरा आउँदैन ।’

यस्तै, इप्पानका बरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले संसद्मा विचारधिन विद्युत् विद्येयकलाई निजी क्षेत्र मैत्री बनाउने उद्देश्य सहित छलफल आयोजना गरेको बताए । उक्त विद्येयक ‘विद्युत् ऐन, २०२९’ भन्दा प्रगतिशिल, निजी क्षेत्रमैत्री र लगानीमैत्री बनाउनुपर्ने बताए ।

यस्तै, पुर्वाधार विकास समितिका सदस्य तथा सांसद् प्रदीप पौडेलले सरोकारवालासँग व्यापाक  छलफल गरेर विद्युत् विद्येयकलाई सर्वमान्य बनाउने बताए । सैद्धान्तिक रुपमा निजी क्षेत्र मैत्री कानुनी बनाउने पनि उनको भनाइ छ । 

‘अहिले म समितिमै भएको हुनाले केही भन्न मिल्दैन । तर, सैद्धान्तिक रुपमा कानुनहरु निजी क्षेत्रमैत्री हुनुपर्छ । राज्यले शिक्षा, स्वास्थ्य र न्याय क्षेत्र सञ्चालन गर्ने हो । अन्य क्षेत्रमा निजी लगानी नै प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘अहिले हाम्रो पार्टी (नेपाली कांग्रेस) विपक्षीमा छ । तर, यसमा हामी साझा दृष्टिकोण बनाएर अघि बढ्ने छौ ।’

यस्तै, पुर्वाधार विकास समितिका अर्का सदस्य माधव सापमकोटाले निजी क्षेत्रसँगको छलफल गरेर विद्येयकलाई अन्तिम रुप दिने बताए । साथै, फराकिलो र बैज्ञानिक ढंगले विद्युत् विद्येयक अघि बढाउने उनको भनाइ छ । 

‘अहिले जलविद्युत् क्षेत्रमा लाखौ जनताको शेयर छ । त्यो अवस्थामा यो निजी क्षेत्रको मात्रै सवालको बिषय भएन,’ उनले भने, ‘आम जनताको पनि सवालको बिषय हो । सोहीअनुसार यो विद्येयक अघि बढाउने योजनामा छौं । अहिले यसबारे बिभिन्न सरोकारवालासँग छलफल भइरहेको छ । न्तिममा इप्पानसँग पनि छलफल गर्नेछौं ।’

यसैगरि पुर्वाधार विकास समितिका अर्का सदस्य दयाल बहादुर शाहीले पनि राष्ट्रिय सहमतीका साथ विद्युत्  विद्येयक अघि बढाउने बताए । साथै, निजी क्षेत्र जस्ता सम्बन्धीत सरोकारवालालाई रिझाएर नै अघि बढ्नुपर्ने उनको भनाइ छ । यसैगरि उनले विदेशीलाई भन्दा स्वदेशी निजी क्षेत्रलाई पहिलो प्राथमितामा राख्नुपर्ने बताए ।

यस्तै विद्युत नियमन आयोगको अध्यक्ष दिल्ली बहादुर सिंहले पनि आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण भएको दावी गरे । 
‘पहिला अनुमान गरेअनुसार विद्युत् उत्पादन नभएमा कम्पनीहरुले पेनाल्टी तिर्नुपर्ने थियो, जुन कुरामा उनीहरुको गल्ती नै थिएन । अहिले त्यस्तो पेनाल्टी तिर्नुपर्ने व्यवस्था हटाएका छौं । पुर्नकर्जाको लागि पहल गरेर परियोजनाहरुलाई रुग्ण हुनबाट बचाएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि जलविद्युत् क्षेत्रको विकासको लागि नियमन आयोग सहजीकरण गर्न तयार छ ।’

यस्तै, उनले नेपाल–बंगालदेश डेडीकेटेड प्रसारण लाइन बनाउनुपर्ने बताए । यसैगरि बंगलादेश, तिब्बत, भारत, भुटान लगायतका देशको विद्युतीय पुर्वाधारलाई अन्तरआवद्ध गर्ने गरि नेपाल अघि बढ्नुपर्ने उनको भनाइ छ ।

यस्तै, पुर्व ऊर्जा सचिव सुमन शर्माले २०४९ विद्युत् ऐनका कारण ऊर्जा क्षेत्रमा निजी क्षेत्रको उपस्थीति बढेको बताए । नयाँ विद्युत् ऐनलाई पनि अझ बैज्ञानिक ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।  ‘यो ३० बर्षको अवधीमा थुप्रै नयाँ आयम, प्रविधिहरु आएका छन् । इनर्जी सेक्युरीटीको कुरा छ,’ उनले भने, ‘यसैगरि एकीकृत जल व्यवस्थापनको कुरा पनि रहेको छ । यी यस्ता बिषयलाई समेटेर नयाँ विद्युुत् ऐन आउनुपर्छ ।’ यसैगरि प्रसारण लाइनमा निर्वाध रुपमा पहुँच हुने गरि कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

यस्तै, उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका बरिष्ठ डिभीजनल इन्जीनियर सालीग्राम बिगतमा सरकारले ल्याएको नीतिकै कारण ऊर्जामा निजी क्षेत्रको उपस्थीति बढेको बताए ।

‘बिगतमा भएको सरकारी नीतिगत व्यवस्थाका कारण निजी क्षेत्र अहिले यो स्थानमा आएको हो । आगामी दिनमा पनि सरकार निजी क्षेत्रलाई सहयोग गर्न तयार छ,’ उनले बताए । 

यस्तै, अधिवक्ता होमकान्त अग्रवालले पनि निजी क्षेत्रको उपस्थीति बिना ऊर्जा क्षेत्रको विकास सम्भव नहुने बताए । अब निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारणमा पनि खुला गर्नुपर्ने उनको भनाइ छ । 

साथै, निजी क्षेत्रलाई विद्युत् आयोजना पहिचान गर्ने अधिकार पनि दिनुपर्ने उनले बताए । ‘विद्युत् विद्येयकले निजी क्षेत्रलाई आयोजना पहिचान गर्ने अधिकार दिएको छैन । अहिलेको राज्यको स्रोत र साधानअनुसार सरकारले परियोजना पहिचान गर्न चुनौती छ,’ उनले भने, ‘तसर्थ, निजी क्षेत्रलाई आयोजना पहिचान गर्ने अधिकार दिनुपर्छ । साथै, सरकार र निजी क्षेत्रको जलविद्युत् कम्पनीलाई समान व्यवहार र अवसर हुनुपर्छ । आयोजनाको लाइसेन्स दिने बिषयमा सरकारी कम्पनीलाई पहिलो प्राथमिकता दिने विद्येयकको व्यवस्था हटाउनुपर्छ ।’

 यसैगरी बिएफएल हाइड्रो टरवाइन शोलुसनका प्रतिनिधि नगेन्द्र शर्माले टलवाइन जलविदुत परियोजनाको मुटु भएको बताए । तसथृ, टरवायन छनौट गर्दा प्रवद्धकहरुले ध्यान दिनुपर्ने बताए ।
 

Advertisment

थप समाचार