काठमाडौं : पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वैशाख १५ गते विशेष सधारण सभा गर्ने निर्णय गरेको थियो ।
उत्तः सभा कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित्व हुन पाउने गरी बिहान ११ बजे हुने छ ।
सभाले आईपीओ निष्कासनका लागि कम्पनीको तर्फबाट अख्तियारी दिने निर्णय गर्नेछ । यसका साथै सभामा नयाँ परियोजनामा लगानी गर्ने सम्बन्धमा समेत छलफल हुनेछ ।
Advertisment