Below Menu
Below Menu

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर २५० रुपैयाँमा किन्न पाइने 

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर २५० रुपैयाँमा किन्न पाइने 

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सवा एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख १९ हजार ८८२ कित्ता शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । इन्स्योरेन्सको शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको प्रधान कार्यालय सिटि मल सुन्धारामा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ ।

तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजित अन्य व्यक्ति तथा संस्थामा शेयर खरिद बिक्रीको प्रकृया अगाडि बढाउने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार