Below Menu
Below Menu

कुमारी बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा 

कुमारी बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंक लिमिटेडले करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ९९ हजार १२१ कित्ता शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ । 

तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजित अन्य व्यक्ति तथा संस्थामा शेयर खरिद बिक्रीको प्रकृया अगाडि बढाउने बैंकले जनाएको छ । 

Advertisment

थप समाचार