Below Menu
Below Menu

घट्दो ब्याजदरले आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको छ: गर्भनर अधिकारी 

घट्दो ब्याजदरले आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको छ: गर्भनर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ब्याजदर घटेका कारण आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको बताएका छन् । शुक्रबार राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायीत्वका साथै देशको समग्र आर्थिक विकासमा राष्ट्र बैंकले अग्रणी भूमिका खेलेको बताए । साथै उनले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा रहेको बताए । 

यस अवधिमा बैंकहरुको तरल सम्पत्ति कुल निक्षेपको ३० प्रतिशत रहेको बताउँदै उनले कुल पूँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रशितत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्ती स्थिति सुदृढ अवस्थामा रहेको बताए । 

साथै उनले २०८० साल आर्थिक दृष्टिकोणले मिश्रित रहन गएको बताए । मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलता देखिएपनि विदेशी विनिमय सञ्चिति  सहज राख्न, मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीलाई सुदृृढिकरण गर्न र वित्तीय स्थायीत्वलाई कायम राख्न बैंक सफल भएको गर्भनर अधिकारीको भनाई छ । 

विप्रेषण आप्रवाह उच्च रहेको छ । रेमिट्यान्स बढेको र आयात घटेका कारण चालु खाता र शोधनान्तर स्थिति बचतमा रही तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको उनले बताए  ।

आर्थिक गतिविधिमा आएको शिथिलता कारण बैंकहरुको कर्जा असुलीमा दबाबमा रहेको हुँदा खराब कर्जा केही बढेको उनको भनाई छ । उनका अनुसार औसतमा बैंकहरुको खराब कर्जा कुल कर्जाको ३.७३ प्रतिशत रहेको पुगेको छ । 

उनका अनुसार यस वर्ष मौसम अनुकुल रहेको र मलको आपूर्तिसहज भएका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिन्छ । औद्योगिक उत्पादनमा कमी आएको उनले बताए । तर, आवास तथा भोजन सेवा विद्युत तथा ग्यास यायायात र भण्डारण क्षेत्रको उत्पादन उल्लेख्य रुपमा बढेको उनको भनाई छ । 

साथै उनले यस अवधिमा बैंकिङ कसरु तथा सजाय ऐन २०६४ मा पुनरावलोकन गर्न संशोधन मस्यौदा र उत्रदायित्व सम्बन्धी काुुननको मस्यौदा सरकार समक्ष प्रस्तुत गरिएको बताए । 

यस्तो छ मन्तव्यको पूर्णपाठ:

Advertisment

थप समाचार