Below Menu
Below Menu

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म पाइने 

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म पाइने 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट बैशाख १२ गते स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविश्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, जीवन उदय) योजनामा प्रतिहजार न्युनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म रहेको छ । 

त्यस्तै सावधिक जीवन बीमालेख अन्तर्गत (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) योजनामा न्युनतम प्रतिहजार ६५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । 

त्यस्तै सावधिक जीवन बीमालेख अन्तर्गत कै (जीवन समुन्नत योजनामा न्युनतम प्रतिहजार ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र सावधिक जीवन बीमालेख (सुनौलो भविश्य जीवन बीमा योजना (विकल्प १÷विकल्प २ मा) न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँ बोनसदर रहेको छ । 

कम्पनीले सावधिक जीवन बीमालेख सुनौलो भविश्य जीवन बीमा योजना (विकल्प १) एक बीमाशुल्क मा न्यूनतम ५५ रूपैयाँदेखि अधिकतम ६० रूपैयाँ, सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) मा न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रूपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि) मा ५० रूपैयाँ बोनस दिने भएको छ ।

नयाँ बोनसदर अनुसार अग्रिम भुक्तानी सावधिक बीमालेख (धनवर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) योजनामा न्युनतम प्रतिहजार ५० रूपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन समृद्धि) योजानमा प्रतिहजार ५१ रूपैयाँ र अन्य जीवन सारथी) योजनामा न्युनतम प्रतिहजार ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर कायम गरिएको छ ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार