Below Menu
Below Menu

२३ अर्ब १० करोडको ट्रेजरी नविकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय 

२३ अर्ब १० करोडको ट्रेजरी नविकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २३ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २३ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयले दश अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने,  १३ अर्ब रुपैयाँ बराबरको १८२ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । 

कार्यालयका अनुसार ९१ दिन अवधिको ट्रेजरी साउन १५ गते, १८२ दिन अवधिको ट्रेजरी कात्तिक १३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ बैशाख १६ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि कार्यालयले बैशाख ९ गते दश अर्ब रुपैयाँ बराबरको २८ दिने,  दश अर्ब ४९ करोड रुपैयाँ बराबरको ९१ दिने,  ६ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ४ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गरेको थियो ।

Advertisment

थप समाचार