काठमाडौं : अपर स्याङ्गे हाइड्रोपावर चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा नोक्सानी घटाएको छ ।
गत वर्ष ३ करोड ९२ लाख ६५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले यस अवधिमा ३ करोड ५८ लाख ४६ हजार रुपैयाँले नोक्सानी घटाएर ३४ लाख १७ हजार रुपैयाँमा झारेको हो ।
समिक्षा अवधिमा कम्पनीको नोक्सानी घटेको हो । यस अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी ११६.०९ प्रतिशतले बढेर ५ करोड ६ लाख ७ हजार रुपैयाँ पुगेको छ । गत वर्र्ष कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ३४ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यसका साथै चैत मसान्तसम्म आइपुग्दा कम्पनीको कुल नाफा र सञ्चालन नाफा पनि बढेका काराण् पनि नोक्सानी घटेको हो । यस अवधिमा कम्पनीको कुल आम्दानी १०६.२२ प्रतिशतले बढेर ४ करोड ७५ लाख २९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ३ करोड ७४ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ७ करोड ७५ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ६४ रुपैयाँ ७३ पैसा रहेको छ ।
Advertisment