काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्रयि विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधमिा कम्पनीले २५ लाख ७२ हजार रूपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७०.२७ प्रतिशतले कम हो । गत वर्षको चैतसम्म यस कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा विद्युत विक्री आम्दानी घटेसँगै वित्तीय खर्च बढ्दा बढेका कारण कम्पनीको खुद नाफा घटेको हो ।
गत वर्ष १५ करोड ४५ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १४ करोड ४ लाख रूपैयाँभन्दा बढी मात्र विद्युत विक्री आम्दानी गरेको छ । त्यस्तै हाइड्रोपावरको वित्तीय खर्च ८ करोड ८० हजारबाट बढेर ८ करोड ६१ लाख पुगेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ भने अन्य इक्विटी २४ करोड ४५ लाख रुपैयाँ ऋणात्मक छ । चैतसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६९ रूपैयाँ रहेको छ ।
Advertisment