काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात बैशाख १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्दैछ। जसअनुासर आजसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राउनेछन् ।
कम्पनीको सभा बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे शुरु हुनेछ। सभाले दुई आर्थिक वर्षको लागि हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।