काठमाडौं : राष्ट बैंकले नेपालका १० ठूला वाणिज्य बैंकहरुको लेखापरीक्षण गर्नका लागि ५ वटा अन्नराष्ट्रिय फर्मको सर्ट लिष्ट सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले बैंकहरुको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि परामर्श सेवा दिन उक्त लेखापरीक्षण फर्म छनौट गरेको हो ।
अन्तराष्ट्रिय मूद्रा कोष आइएमएफ) का ऋण सर्त अनुसार राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको ऋणको लेखा परीक्षण गराउनुपर्नेछ । यसका लासग राष्ट्र बैंकले गत चैत १० गते टेण्डर आह्वान गरेको थियो । आवेदन दिएका कम्पनीमध्येबाट राष्ट्र बैंकले ५ वटा सर्टलिष्ट तयार पारेको हो ।
राष्ट्र बैंकका अनुसार छनौटमा पर्ने फर्महरुमा नेदरल्यान्डस्को डेलोइट फाइनान्सियल एड्भाइजरी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज र पाकिस्तानको केपीएमजी एन्ड कम्पनी, भारत र नेपालको सीएससी एन्ड कम्पनी जेभी र एसआरबीए एन्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्टस् जेभी रहेका छन् ।

सर्टलिष्टमा परेका अन्तर्राष्ट्रिय लेखापरीक्षकहरूले छनौट भएका दश ठूला वाणिज्य बैंकहरुको ऋणको लेखापरीक्षण राष्ट्र बैंकले दिएको टीओआरका आधारमा गर्नेछ ।
हाल सञ्चालनमा रहेका २० वाण्ज्यि बैंकहरुमध्ये धेरै ऋण लगनाी भएका बैंकहरुको लेखापरिक्षण विदेशी फर्मबाट गराइने भएको हो । जसमा मर्जर तथा प्राप्तिका आधारमा छनौंमा परेका बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, नबिल, ग्लोबल आइएमई, प्रभु बैंक, एनएमबि, कुमारी बैंक र एनआईसी एसिया बैंक रहेका छन् ।
राष्ट्र बैंकका अनुसरा पोर्टफोलियो रिभ्यूका लागि छनोट भएको बाह्य परामर्शदाताले १० वाणिज्य बैंकको कर्जाको सबै पक्षबारे प्रतिवेदन तयार पार्नुपर्ने छ । यसैगरी नेपाली बैंकिङ तथा वित्तीय प्रणालीबारे सुझावसहितको सम्पूर्ण मूल्यांक गरी संयुक्त प्रतिवेदन जारी गर्नुपर्ने छ ।
Advertisment