Below Menu
Below Menu

न्यादी हाइड्रोपावरले व्यहोर्यो १५ करोड ११ लाख नोक्सानी, प्रतिशेयर आम्दानी पनि ऋणात्मक 

न्यादी हाइड्रोपावरले व्यहोर्यो १५ करोड ११ लाख नोक्सानी, प्रतिशेयर आम्दानी पनि ऋणात्मक 

काठमाडौं : न्यादी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेका कारण नोक्सानी बढ्दै गएको हो । चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेर ४३ करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ४३ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा २० करोड ९८ लाख रुपैयाँ रहेको छ। चैतसम्म १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको अन्य इक्विटी ४९ करोड ४२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

नोम्सानी बढ्दै जाँदा कम्पनीको प्रतिशेयर आम्दानी पनि १३.४४ रुपैयाँले ऋणात्मक रहेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ६७.०५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ७६.९० रुपैयाँ थियो।

Advertisment

थप समाचार