Below Menu
Below Menu

कुमारी बैंकको ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्र शेयर विद्यमान शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

बैंकको शेयर खरिद गर्न ईच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गरिने बैंकले जनाएको छ । 
 

Advertisment

थप समाचार