काठमाडौं : आइएमई लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट
सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
Advertisment