Below Menu
Below Menu

चार महिनामा भित्रिए ४ लाख १६ हजारबढी पर्यटक 

चार महिनामा भित्रिए ४ लाख १६ हजारबढी पर्यटक 

काठमाडौं : सन् २०२४ को चार महिनामा चार लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार नेपालमा पर्यटक आगमन मासिक औसत एक लाख भन्दा माथि पुगेको छ ।

बोर्डका अनुसार यस अवधिमा विभिन्न देशका ४ लाख १६ हजार ६९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत मार्च र अप्रिलमा पर्यटक आगमन मासिक एक लाख नाघेको छ । 

एक महिना अर्थात अप्रिलमा एक लाख ११ हजार ३७६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को सोहि अवधिको तुलनामा १२ प्रतिशत बढी हो । गत वर्षको अप्रिल महिनामा ९८ हजार ७७३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।   

बोर्डका अनुसार सन् २०२२ को अप्रिल महिनामा ६१ हजार ५८९ जना, सन् २०२१ मा २२ हजार ७३२ जना, सन् २०२० मा १४ जना र सन् २०१९ मा एक लाख ९ हजार ३९९ जना पर्यटक भित्रिएका थिए । 

सन् २०२४ को जनवरीमा जनवरीमा ७९ हाजर १००, फेब्रअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७ र अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका छन् । 

सन् २०२४ को अप्रिलमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट ३० हजार १५८ जना नेपाल आएका हुन् । त्यस्तै सोही अवधिमा चीनबाट ९ हजार ७५० जना, अमेरिकी पर्यटक ९ हजार ९४७ र युकेबाट ५ हजार ३९१ जना पर्यटक नेपाल आएका छन् ।

त्यसैगरी अप्रिलमा जर्मनबाट ३ हजार २७०, अष्ट्रेलियाबाट ४ हजार ११०, फ्रान्सबाट ३ हजार ७५५ जना रसियाबाट २ हजार ९७७ र मेलसियाबाट २ हजार ३१० जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।
 

Advertisment

थप समाचार