Below Menu
Below Menu

एक अर्बको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै सरकार 

एक अर्बको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै सरकार 

काठमाडौं : सरकारले एक अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र २०८६ बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैशाख २३ गतेदखि पाँचवर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र बिक्री गर्न लागेको हो । 

अर्धवार्षिक रुपमा ब्याजदर भुक्तानी हुने उक्त बचतपत्र जेठ २२ गतेसम्म बिक्री गर्ने कार्यालयले जनाएको छ । जेठ २९ गतेदेखि निष्कासन हुने उक्त बचतपत्रको े साँवा–भुक्तानी २०८६ जेठ २९ गते हुनेछ ।

उक्त बचतपत्रको सीमा घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कार्यालयले जनाएको छ ।

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन् ।

कार्यालयष्का अनुसार बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाउने सुविधाको व्यवस्था रहेको छ । इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

यसका अतिरिक्त कार्यालयको वेबसाइटबाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा अनलाइन फाराम भर्न सकिने छ ।
 

Advertisment

थप समाचार