Below Menu
Below Menu

विद्युत बिक्री आम्दानी बढ्दा सिंगटी हाइड्रोले घटायो नोक्सानी 

विद्युत बिक्री आम्दानी बढ्दा सिंगटी हाइड्रोले घटायो नोक्सानी 

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ३ करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । 

गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको छ । गत आवको नौं महिनासम्ममा कम्पनीले ९ करोड ३२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । 

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । यसका साथै समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घटेको हो । 

गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत ५१ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी चैत मसान्तसम्म आइपुग्दा ५३ करोड ७२ लाख रुपैयाँमा सिमित भएको छ । जुन ३.३२ प्रतिशतले बढी हो । 

यस अवधिमा कम्पनीको कुल आम्दानी ३.३४ प्रतिशतले घटेको छ भने वित्तीय खर्च भने समीक्षा अवधिमा ७.३३ प्रतिशत घटेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २.४६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ७१ पैसा रहेको छ ।

चैत मसान्तसम्म दुई अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार