Below Menu
Below Menu

सामलिङ पावर कम्पनीकाे विद्युत बिक्री आम्दानी घट्यो, प्रतिशेयर आम्दानी ऋणात्मक 

सामलिङ पावर कम्पनीकाे विद्युत बिक्री आम्दानी घट्यो, प्रतिशेयर आम्दानी ऋणात्मक 

काठमाडौं :  सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले एक करोड ९९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । 

गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी बढेको छ । गत आवको नौं महिनासम्ममा कम्पनीले ८५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । 

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ । यसका साथै समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च पनि बढेका कारण खुद नोक्सानी बढेको हो । 

गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत २० करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी चैत मसान्तसम्म आइपुग्दा १९ करोड ५५ लाख रुपैयाँमा सिमित भएको छ । जुन ५.०४ प्रतिशतले कम हो । 

यस अवधिमा कम्पनीको कुल नाफा ६ प्रतिशतले घटेको छ भने वित्तीय खर्च भने समीक्षा अवधिमा ०.७६ प्रतिशतले बढेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ५.३१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८.८४ रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ४१ लाख रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार